सोलुखुम्बु प्रदेश सभा ‘ख’ का ४० विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्ने



शैक्षिक गुणस्तरमा सघाउ पुर्याउने उद्धेश्यले सोलुखुम्बुका ४० विद्यालयमा विभिन्न योजना सञ्चालन गरिने भएको छ । सोलुखुम्बुको प्रदेश सभा ‘ख’ का माननीय बुद्धिकुमार राजभण्डारीले प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा ४० विद्यालयमा गरिने कार्यक्रमसहित योजना माग गरेका हुन् ।

सो विवरण अनुसार सोलुदुधकुण्ड नगरपालिकामा १४, खुम्बु पासाङल्हमु गाउँपालिकामा ८, माप्य दुधकोशी गाउँपालिकामा १० र लिखुपिके गाउँपालिकामा ८ विद्यालयमा विभिन्न योजना सञ्चालन गरिने जनाईएको छ । योजनाहरुमा विज्ञान प्रयोगशाला, आई. सि. टि सपोर्ट, व्यवस्थित खानेपानी, तथा छात्रा शौचालय रहेका छन् । योजनाको शिर्षक अनुसार विद्यालयहरुले रकम प्राप्त गर्ने राजभण्डारीले जानकारी दिए । यसका लागि आवश्यक बजेटह यथाशक्य छिटो निकासी हुने बताईएको छ ।

सामाजिक विकास मन्त्रालयले हरेक जिल्लामा विद्यालयमा यस्तो खालका सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ । सोलुखुम्बु प्रदेश सभा क अन्तरर्गतका विद्यालयमा पनि सो योजनाहरु सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्