सन्दीप लामिछानेसहित अन्य खेल क्षेत्रका ब्यक्तिहरु सम्मानित हुँदै



०४ आसोज २०७५, काठमाडौं

सरकारले संविधान दिवसको अवसरमा विभिन्न खेलकूद क्षेत्रका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ब्यक्तिहरु एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कुशल खेलाडी सन्दीप लामिछाने, कराँते प्रशिक्षक सञ्जु महर्जन तथा रेसलीङ खेलाडी भरत बहादुर विसुराललाई प्रबल जनसेवाश्री बाट सम्मान गर्न लागिएको बताईएको छ ।

यस्तै गत महिना इन्डोनेशियामा सम्पन्न १८ आं एसियाली खेलकूदमा नेपाललाई एक मात्र रजत पदक दिलाउन सफल प्याराग्लाईडिङ टोलीलाई पनि सम्मान गरिने बताईएको छ । जसमा प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतलगाएत खेलाडीहरु विमल अधिकारी, सुशिल गुरुङ, विजय गौतम, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

सो पुरस्कार वितरण भने आगामी गणतन्त्र दिवसका दिन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्