डन्डिफोर आउनुका कारण, यसलाई हटाउने घरेलु उपाय



०४ असोज २०७५, काठमाडौं

डन्डिफोर एक प्रकारको छालाको रोग हो । यसले विशेषगरि युवायुवतीलाई सताउने गर्छ । मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो ।

स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ । डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्याउछ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ । डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ ।

डन्डिफोरलाई विभिन्न उपायबाट निदान गर्न सकिन्छ । यसमध्येमा यहाँ केहि घरेलु उपायहरुलाई दिईएको छ ।

उपाय एक – चन्दन र बेसारको धूलोलाई दूधमा मिसाएर पेस्ट बनाउने र अनुहारमा लगाएर आधा घन्टापछि धुने । यस्तै पानीसँग जायफल                       घोटेर बनेको पेस्ट डन्डीफोरमो लगाउँला फाइदाजनक हुने चिकित्सकको भनाई रहेको छ ।

उपाय दुई – एलोभेराको जुस नियमित सेवन गर्नाले छाला सम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ । साथै एलोभेराको रस छालामा लगाउनाले                    पनि डन्डीफोरमा राहत मिल्छ । एलोभेरा जुस बिहान बेलुका गरी आधा कप पिउनु फाइदाजनक हुन्छ । तर गर्भवतीले भने                          एलोभेराको जुश सेवन गर्नुु हुँदैन ।

उपाय तीन– राती सुत्नु अघि अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसपछि काक्रोको एक चम्ता रसमा बेसारको धूलो मिसाएर अनुहारमा                      लगाउनुहोस । आधा घन्टापछि अनुहार धुँदा डन्डीफोर हटाउन सहयोग मिल्छ ।

उपाय चार– पिम्पल ठिक गर्नका लागि अनुहारमा निमको फेस प्याक लगाउनु पर्छ । ताजा निमको पात र चन्दन पाउडरको लेप बनाएर २५                    मिनेटसम्म अनुहारमा लगाइ राख्ने । त्यसपछि चिसो पानीले अनुहार धुने ।

डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीनचारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ । डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नुपर्छ । डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न सकिन्छ । डन्डीफोरब आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्