अख्तियार प्रमुख आयुक्तमा सिफारिस घिमिरेको संसदीय सुनुवाई आज हुँदै



०४ असोज २०७५, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई आज (बिहिबार) हुने भएको छ ।

दिउसो १ बजे संसदीय सुनुवाईको बैठक बसि उनको सुनुवाई गर्ने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताएका छन् । उनको नाम संसदीय सुनुवाईले गत २० भदौमा प्रमुख आयुक्तमा सिफारिस गरेका थियो । समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट नियुक्ति हुने कानूनी व्यवस्था रहेको छ ।

दिप बस्न्यातको अवकासपछि २९ माघ २०७४ बाट उनले आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्