विहिवारदेखि महासंघको २० औं साधारण सभा सुरु हुँदै, सम्पुर्ण तयारी पूरा



०३ असोज २०७५, काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा ‘निर्माणबाट समृद्धि’ भन्ने नारा सहित आगामी विहिवारदेखि राजधानीमा शुरु हुने भएको छ । महासंघले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी साधारण सभा तथा नयाँ नेतृत्व चयनकालागि हुन लागेको निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिएको छ ।

साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीबाट महासंघको वार्षिक स्मारिका निर्माण विशेषांक र महासंघका पूर्व उपाध्यक्ष केशवप्रसाद गौतमद्धारा लिखित पुस्तक नेपालमा निर्माण व्यवसाय समेतको विमोचन हुने कार्यक्रम राखिएको महासंघले जनाएको छ । साधारणसभा सफल बनाउन महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको संयोजकत्वमा ३ सय ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिउको छ । असोज ४ गते साधारण सभाको औपचारिक उद्घाटन भएपछि असोज ५ गते बन्द सत्र संचालनहुने बताइएको छ । बन्द सत्रमा महासचिव रामशरण देउजा तथा कोषाध्यक्ष रोशन दाहालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छन् । असोज ६ गते निर्वाचनमार्फत् आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिनुभयो । महासंघको विधानअनुसार पाँच सदस्यभने पछि अध्यक्षद्धारा मनोनयन गरिने बताइएको छ । साधारण सभामा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता रहने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्षहरु रमेश शर्मा, यक्षध्वज कार्की, जयराम लामिछाने, अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजालगायतले सर्वसम्मत् नेतृत्व चयन गर्नका लागिप्र यास जारी रहेको जानकारी दिएका छन् । महासंघमा देशभरका १२ हजार ५ सय व्यवसायी आबद्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्