तीन दिने लोकतन्त्र मेला बसन्तपुरमा आयोजना गरिदैँ(विज्ञप्तीसहित)



०२ असोज २०७५, काठमाडौं

संसदको विधायन व्यवस्थापन समितिको आयोजनामा तीन दिने लोकतन्त्र मेला सञ्चालन हुने भएको छ ।

पुरातात्विक महत्वको ऐतिहासिक स्थल बसन्तपुरमा आयोजना हुने मेलामा विभिन्न सहभागि दलहरुको आयोजनामा सेमिनारहरु सञ्चालन हुने समितिद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ । संविधान जारी भएको अवसर पारेर सो मेलाको आयोजना गरिएको हो ।

मेला आगामी ४, ५ र ६ असोजमा आयोजना हुने आयोजकले जनाएको छ । मेलाको उद्घाटन ४ असोजको दिउँसो २ बजे सभामुख कृष्ण बहादुर महरा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्ने जनाईएको छ । साथै सो मेलामा एक सय जना युवाहरुले रक्तदान गर्ने कार्यक्रम पनि रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्ती–

 

प्रतिक्रिया दिनुहोस्