अप्रिल फुल



०१ असोज २०७५, काठमाडौं

त्यो प्रेम सम्बन्ध एउटा अमुर्त कविता जस्तै रह्यो । शब्दहरू बारुम्बार पढे पनि भाव पटक्कै बुभ्mन नसकिने । त्यसैले त्यो अमुर्तताको निरन्तरतालाई मुर्त रूपले अन्त्य गर्ने बिचार मैले गरेको थिएँ । भन्नलाई यि दुई चार हरफहरु सजिला भएकाले यसो भनेको पनि हुँ । आपैँलै आफैंलाई सफाइ दिनको लागी । स्वयंले स्वयंलाई ढाँट्नको लागी ।   सम्बन्धको अन्त्य गर्नुको पछिे अनेकन कारणहरु थिए । यद्यपि सबै कारणहरु अमुर्त नै थिए । अशाब्दिक । लेख्न सक्दिन । बस् यत्ति भन्न सक्छु कि निराकार एक अध्यायलाई अन्तिम आकार दिइरहेको थिएँ म ।

आकाशमा बादलका झुण्डहरूले रंग फेरिरहेथे । एउटा लामो हिउँदको ठिहिर्याउने यातनाबाट मौसमले छुटकारा पाएको थियो । म मनभरी प्रसस्त अन्यौल बोकेर सहरको फुटपाथमा पाइला गनिरहेको पाउँथे आफैंलाई ।

मेरी अमुर्त प्रेमीका सात समुन्द्र पारी थिई । भर्चुवल दुनियामा हामी एकाकार थियौँ । जसबाट अब म अलग्गिन चाहान्थेँ । ऊ भने हाम्रो संयुक्त भविष्यको खाका कोरिरहेकी हुन्थी । एउटै संरचनाको बेग्लाबेग्लै नक्सा कोरिँदै थियो । सायद नबन्ने संरचनाहरुको भाग्यमा केबल नक्साहरु मात्र हुन्छन् । मेरो मन भित्र अपराधबोधको मसिनो धर्षोले आकार पाएको थियो । कारण, संरचनाको बिनिर्माणको कार्य मेरो भागमा थियो ।

महिनौ देखि वर्षात नदेखेका सडकहरु फुँग उडेका थिए । सहर धुलोमा मिसिएको थियो । म, सहर र मेरो बिसंगत चेतनाको समागममा मानौ एउटा क्लास्सिक आर्टको रचना भएको थियो । म त्यसैलाई हेर्थेँ । मानव बिकार भित्र जलराशी बिलाएको खोलामाथीको पुलमा उभिएर सस्तो सिगरेटको धुवाँ उडाउँथे । बस् । अनि एउटा मेलान्कोलिक कोलाजको अर्को बिरुप रंग तयार भए जस्तै लाग्थ्यो । शुन्य आकासमा चराका हुलहरु नारायण गोपालका सेन्टिमेन्टल गीतहरु गाउँदै उड्थे, सायद् । किनकी, हावाको ध्वानिमा म त्यस्तै सुन्थे ।

अचम्मै भयो । कहिलेकाहीँ यो बिरुप जीन्दगीमा अचम्मै हुन्छ । बषैँ अघि छुट्टिएकी प्रेमिका सँग भेट भयो । प्रमीका होइन वरु पूर्व प्रेमिका भन्दा हुन्छ । वषन्त ऋतुको प्रभाव सायद । टुटेको प्रेमको खण्डहरुमा केही रोमान्टिक संरचनाको आभाष पाएँ ।

समय फेरी कुन रुप लिएर मलाई तर्साउन आउन लागेको हो कुन्नि ? तर्साइरहन्छ बारम्बार । आकासमा हराएका चराका हुलहरुले आफ्नो संगित बदलेका थिए की ? म के जान्नु ।

धेरै नबोलौँ । तत्व यत्ति हो । मेरी ति पूर्व प्रेमिकासँग बिवाह गर्ने निर्णय मैले गरेँ । सात समुन्द्र पारीकी अमुर्ततालाई धोका दिएरै छाड्ने भएँ ।

पुल मुनि बगिरहेको मैलो पानि जस्तै भयो मन । कसैलाई धोका कसरी दिने ? मैले जानेको थिइँन । बिचरी मेरी अमुर्त प्रेमीका पनि निकट भविबष्यमै म सँग बिवाह गर्ने कुरामा ढुक्क थिई । अब कसरी भन्ने ‘मैले तिमीलाई ब्रेक अप दिएँ ।’

आजकलका केटाकेटीहरु सजिलै ब्रेक अप दिन्छन् । तर मैले सकिन ।

मेरो बिवाहको मिति तोकिइसकेको थियो । मेरी अमुर्त प्रमीका अनभिग्य थिई । मन भित्रको अपराध बोधको मसिनो धर्षो अब मसिनो रहेन । निकै बाक्लो भसकेके थियो त्यो अपराधबोध । तर बोध भएर पनि के गर्नु । अपराध गर्न तत्पर थिएँ म ।

हुनसक्छ मेरो हिन भावनाको प्रभाव मेरो मुहारमा उत्रिएको थियो । म बेचैन रहन थालेको थिएँ । एक जना मेरो श्रद्देय आफन्तको प्रतिक्रिया आयो, ‘तेरो मन ठिक छैन । मनस्थिती बिग्रिएको छ ।’

वाह ! क्या जानेको । मनको कुरा । वास्तवमै मेरो मनस्थिती बिग्रिएको थियो ।

हिँउदको अन्त्य उहिल्यै भैसके पनि सहरमा वर्षात भएको थिएन । त्यस दिन पर्षात भयो । मध्यान्ह पछि सहरमा सानो तिनो हुरि चल्यो । साँझ पर्नु अघि दर्के झरी पर्याे । बादलका झुण्डहरूले नया यामको बिजयी सुरुवात गरे ।

वर्षात रोकिँदा साँझ परिसकेको थियो । मैले सँझको रंग जस्तै अँध्यारो निस्चय गरेँ । आज ब्रेक अप दिएरै छाड्छु । जे पर्ला पर्ला । मन भित्रको आतंक त निभाउँनै पर्छ अब । बढि भए उसको मन दुख्ला । म धोकेवाज त यसै उसै ठहरिने नै हो । सत्य कुरा स्विकार्न कत्ति मुस्किल यहाँ । धोका दिन तत्पर म धोकेवाज भनिनबाट डराइरहेको थिएँ । कत्रो ठुलो हिप्पोक्रेसी ? कत्रो ठुलो भ्रमको डर । थुक्क ! डर पनि भ्रमको ।

अलि रात छिप्पियोस् । फोन गरेर सबै कुरा भन्छु । रात कमलै थियो । मेरो सेलफोनमा सन्देश आयो । उही सात समुन्द्रपारीको शन्देस् । त्यस्ता सन्द्शहरुमा मायालु अक्षरहरू पठाईरहन्थी ऊ । तर त्यस रात सन्देश अलि अलग्गै रहेछ ।

अंग्रेजीमा लेखिएको सन्देशको नेपाली उल्था यस्तो थियो ।

‘प्रिय, समय हाम्रो साथमा रहेनछ । मेरा परिवारको खुसीको लागी मैले अर्कै केटासँग बिहे गर्ने निधो गरेँ । कृपया मलाई बुझिदेउ । र सक्छौ भने माफ पनि गरिदेउ ।’

अब मेरो मनमा कस्तो भावनाको लेप लाग्यो होला ? धाकेवाज हुनबाट म जोगिएँ । मैले जे भनन खोजेको थिएँ उसैलेपो त्यसो भनिदिई । नक्कली खुसीले मन हलुको पा¥यो । एउटा ठुलो  चोट जो म उसलाई वा आफैंलाई दिन गैरहेको थिएँ त्यसबाट म जोगिएँ । वा जोगिए जस्तै लाग्यो । एउटा सत्य वा असत्यमा अक कहिल्यै घाम नपर्ने भयो । अँधेरोमै मेरेर जाने भयो मेरो मनको पाप ।

झ्याल बाहिर रातको चकमन्नता उसैगरि बितिरहेको थियो । केहीबेर अघि पानि परेको आकास सफा र खुला थियो । मेरो मन खुला थियो तर सफा थिएन । तैपनि आनन्द थियो । एउटा नमिठै भएपनि छुटकारा पाएको थिएँ । मेरो हिप्पोक्रेसीको जीत भएको थियो ।

अल्लि पछि फेरी फोन बज्यो । उसैको कल थियो । उठाएँ । नाटक गर्नु थियो । गरेँ ।

‘किन त्यस्तो निर्णय लिएको ?’

यसरी बोले मानौँ म दुःखी छु उसको निर्णयबाट । उसलाई गलत साबित गर्नमा मानौ म जीतको आभाष बटुल्न सक्ने छु ।

म पानि माथीको ओभानो बन्न खोजिरहेको थिएँ ।

उसले भनि, ‘ हा हा हा । मेरो कुरा पत्यायौ ? अप्रिल फुल । म तिमीलाई कहिल्यै धोका दिन्न । आई रिएल्ली लभ यु ।’

म बल्लपो होसमा आएँ वा मैले बल्लपो होस् गुमाएँ । थाहा नै थिएन त्यस दिन त आप्रल महिनाको पहिलो तारिक रहेछ । कस्तो जोक भयो मेरो हिप्पोक्रेसीको पनि । कहिल्यै कसैलाइै अप्रिल फुलको नाउमा मैले झुक्याएको थिईन । तर म यसरी झुक्किएँ जसको आभाष अशाब्दीक छ । सादय मेरो हिप्पोक्रेसीको सजाय ।

प्रतिक्रिया दिनुहोस्