छोरीको न्याय माग्दै बालुवाटारमा निर्मलाका बुवाआमा



०१ असोज २०७५, काठमाडौं

छोरीको न्यायका लागि काठमाडौँ आएका निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका हत्यारालाई कुनै पनि हालतमा नछोड्ने प्रतिबद्धताा प्रधानमन्त्री ओलीले जनाएका छन् ।

करिव एक घण्टा भएको कुराकानीमा प्रधानमन्त्री ओलीले परिवारका सदस्यले राखेका कुरा निक्कै चासोपूर्वक सुनेका थिए । निर्मलाका बुवाआमाले भेटमा छोरीको न्यायका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बुवाआमाको कुरा पछि निक्कै भावुक देखिएका प्रधानमन्त्री ओलीले निर्मलाको न्याय र दोषीलाई कारवाहीका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

दोषी पत्ता लगाउन प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भनि बताए ।

उक्त भेटमा खानेपानी मन्त्री विना मगर, नेकपाका नेता भिम रावल, कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा नेताहरुे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्