कसैको मुख होईन, कामको परिणाम हेर्छु : प्रधानमन्त्री ओली



३१ भदौ २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा आलीले सरकारले हरेक पक्षमा कामको परिणाम हेर्ने बताएका छन् । ओलीले आईतबार बालुवाटारमा सुदुपश्चिमाञ्चलको सातौं विश्वविद्यालय सभाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । म कसैको मुख हेर्दिन, कामको परिणाम हेर्छु, उनले भने ।

यस्तै उनले सुदुपश्चिमाञ्चललाई विकसित बनाउन पर्ने बताएका छन् । उनले यो क्षेत्र पछाडि पर्यो भनेर सधैं गित मात्र गाएर नहुने बताएका छन् । प्राकृतिक श्रोतको धनि यस क्षेत्रमा धेरै सम्भावनाहरु रहेका रहेको भन्दै यस क्षेत्रका लागि सुहाउँदो कुषि ईन्जिनियरिङ यस विश्वविद्यालयले उत्पादन गर्नुपर्ने बताएका छन् ।

उनले एक वर्षभित्रमा शिक्षामा संख्यात्मक मात्र नभई गुणात्मक परिवर्तन हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्