सरकारले तीब्र गतिमा आर्थिक विकास गर्दै छ : प्रधानमन्त्री ओली



२० भदौ २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीब्र गतिमा आर्थिक विकास गर्न खोजेको बताएका छन् । काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले तीब्र गतिमा आर्थिक विकासको ड्राईभ गर्दै छ, उनले भने । साथै उनले सरकारको मुख्य उद्धेश्य विगतमा विभिन्न कारणले बन्द भएको उद्योगहरु पुनः सञ्चालनमा ल्याउने तथा नयाँ उद्योगहरुको स्थापना रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेको समय छिटो भन्दा छिटो आर्थिक समृद्धि गर्ने बेला भएको बताएका छन् । त्यस्तै विदेशी तथा स्वदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने समय रहेको बताउँदै उद्योग क्षेत्रमा विना हिच्किचाहट लगानी गर्न आह्वान गरेका छन् । लगानीका लागि एकद्वरबाटै आउन आग्रह गर्दै ओलीले भने, वानडोर सिस्टमबाटै लगानी गर्नुपर्ने हुन्छ, लगानी खेर जान्छ भनेर नडराउँदा हुन्छ । उनले भारत तथा चीनसँग मिलेर नेपालले आर्थिक विकास गर्न खोजेको बताएका छन् ।

उनले काठमाडौं रक्सौल रेलवै प्रोटोकलमा पनि अब चाँडै सहमति हुने बताएका छन् । साथै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले जनताको चाहना अनुसारको काम गरिरहेको पनि बताए । देशलाई आर्थिक विकासको लक्ष्यमा लम्किन केही बाधा ब्यावधान समेत रहेको भन्दै सरकार त्यसतर्फ सचेत रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्