चितवनको सिनर्जी एफएमको स्टेशन म्यानेजरमा रामकान्त पौडेल नियुक्त



२९ भदौ २०७५, चितवन / डिलकुमारी नेपाल

चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम ९१.६ मेगाहर्जको स्टेशन म्यानेजरमा रामकान्त पौडेल नियुक्त भएका छन् । रेडियो परिसरमा एक कार्यक्रमका बिच रेडियोको स्थापना कालदेखिनै स्टेशन म्यानेजरका रुपमा रहेका अमर देव प्रधानले रामकान्त पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण गर्दै अमरदेव प्रधानले स्टेशन म्यानेजरको पद मात्र हस्तान्तर गरेको वताउदै सिनर्जी एफ एम सगै अाफु सदबहर रहने बताए । साथै उनले नव नियुक्त स्टेशन म्यानेजर रामकान्त पौडेललाई शुभकामना व्यक्त गर्दै एफएमले अाउदा दिनमा थप उचाई लिने जानकारि समेत दिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै स्टेशन म्यानेजरको पदमा नियुक्त रामकान्त पौडेलले एफएमको आफ्नो शानलाई कायमै राख्दै थप उचाईमा पुर्याउने बताए । विगत ११ वर्षदेखि सिनर्जी एफएममै कार्यरत रामकान्त पौडेल यस अघि कार्यक्रम संयोजक को रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्