भरतपुरमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको सिटी हल बन्ने



२९ भदौ २०७५, चितवन / सबिना घिमिरे, डिलकुमारी नेपाल

भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउने भएकाे छ ।
चितवनकि मेयरले भरतपुर महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलहरुबीच गेष्ट हाउस चौरमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी बनाउने सहमति गरेकाे महानगर प्रमुख रेनु दाहालले बताईन् ।

मेयरले भनिन् , ‘अत्याधुनिक खालको अन्तर्राष्ट्रिय स्तरको सिटी हल गेष्ट हाउस चौरमा बनाउने सहमति भएका छौँ ।’ नेपाली कांग्रेस, नेकपा, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समितिको अस्ति भएको बैठकले महानगरको सिटी हल गेष्ट हाउस चौरमै बनाउने सहमति भएको हो । यसअघि क्यान्सर अस्पतालमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले विभिन्न राजनीतिक दलहरुको विरोधका कारण स्थगित गरेको भए पनि हाल चाैरलाई लिईयाे ।

‘पाँचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउँछ’ महानगर प्रमुख रेनु दाहालले बताइन , ‘सिटी हलको लागि ५० लाखको बजेट निकासा भइसकेको पनि दाहालले बताईन।’

महानगरले बनाउन लागेको सिटी हल देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । झन्डै ५ बिघामा सिटी हल बन्ने भएको छ । भरतपुर १० मा रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउन राजनीतिक दलहरुले समर्थन जनाएका छन् । भरतपुर महानगरको सिटी हल बन्ने विषयमा पहिला नै भएको विवाद अब सुल्झेको छ । अन्त,भरतपुर महानगरले गेष्ठ हाउस चौरमा भव्य सिटी हल बनाउने प्रक्रिया अघि बढाउने भएको हाे। ​

गेष्ट हाउस चौरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा भएकाे छ । ‘गेष्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउँछौँ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने । उहाँका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । उनले बताए , ‘साढे ४ विघा जग्गा छ, अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्