सलमान खानको ‘भारत’ फिल्म छोड्नुबारे बोलिन् प्रियंका : दिइन् सलमानलाई कडा जवाफ



२८ भदौ २०७५, काठमाडौँ

केहि समयअघि अभिनेत्री प्रियंका चोपडाले सलमानसँग साईन गरेको फिल्म ‘भारत’ बाट हात झिकेपछि नायिका प्रियंका चोपडा र सलमान खानबीच मनमुटाव भएको थियो । प्रियंकाले भारत बाट हात झिकेपछि सलमानले प्रियंकालाई निकै गाली गरेका थिए । उनले प्रियंकाले हलिउड फिल्म र उनको विवाहको लागि ‘भारत’ बाट हात झिकेको भनेका थिए । यसरी सलमानले पटक पटक प्रियंकालाई गाली गरिरहँदा अन्तत : प्रियंकाले आफूले ‘भारत’ नखेल्नुको कारणबारे मुख खोलिन् ।

नायिका चोपडाले आफूले हलिउड फिल्म र आफ्नो विवाहको कारणले ‘भारत’ फिल्म छोडेको कुरा गलत भएको बताएकी छिन्  । त्यतिमात्र नभएर प्रियंकाले आफूले सलमानकै कारणले गर्दा ‘भारत’ फिल्म छोडेको पनि खुलाईन् । सलमान खानको टाईममा सुटिङमा नआउने एकदमै नराम्रो बानी छ । पहिलेदेखि नै उनी चलचित्रको सुटिङमा अरु कलाकार भन्दा निकै ठिलो पुग्ने गर्छन् । प्रियंकाले पनि सलमानको यो पुरानो बानीले आफू पहिलेदेखि नै वाक्क भएकोले चलचित्र भारत बाट हात झिकेको बताईन् ।

प्रियंका आजभोली बलिउडमा भन्दा पनि हलिउडमा बढि व्यस्त हुन थालेकी छिन् । सायद त्यसैको कारण पनि उनलाई सबै काम टाईममै गर्ने बानी लागेकाले उनले ‘भारत’ फिल्म छोडेकी होलिन् । त्यतिमात्र नभएर पहिला भारत मा प्रियंकालाई साइन गराउँदा उनी मात्रै चलचित्रकी नायिका हुने कुरा भएको तर पछि अन्य दुई नायिका पनि थपिएकाले प्रियंकाले भारत फिल्म छोडेकी हुन् । चलचित्र भारत बाट प्रियंकाले हात झिकेपछि उनको ठाउँमा कट्रिनालाई राखिएको छ र हाल यो चलचित्रको छायांकन भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्