युवा वडाध्यक्षको युवामैत्री अभियान (भिडियो सहित)



२३ भदौ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले गरेको चुनावी बाचा पुरा हुन थालेको छ ।

लोकप्रिय वडाध्यक्ष भट्टराईले शुरु गरेको फ्रि वाईफाई सम्बन्धी भिडियो

युवामैत्री नगर निर्माणको प्रारम्भिक अभियान अन्तर्गत आफ्नो वडाको प्रमुख स्थानहरु फ्रेण्डशीप क्लब शिवमन्दिर, मिलन चोक (खहरे पिपलबोट), साततले पाथीभरा टोल, कपन प्रहरी प्रभाग र बालुवा खानी चोकमा उच्च स्तरीय फ्रि वाईफाई आजबाट संचालनमा आएका छन् ।

एक पटकमा १०० जनासम्म प्रयोगकर्ताले २०० मिटरको दुरीभित्र चौविसै घण्टा निःशुल्क सेवा लिन सक्ने बताईएको छ । ईन्टरनेटको अभावले आजका युवाहरु सूचना प्रविधिको ज्ञानबाट बञ्चित नहोउन भन्ने उद्देश्यले २ महिनाभित्र वडाका थप ५ स्थानमा ईन्टरनेट जोन स्थापना गर्ने वडाध्यक्ष भट्टराईले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्