उज्यालो नेपालेडाँडा बनाउन नै म आएको हुँ : सांसद सुदन किराँती



२३ भदौ २०७५, काठमाडौं

भोजपुर जिल्लाका सांसद सुदन किराँतीले भोजपुर जिल्ला स्थित षडानन्द नगरपालिका १ नेपालेडाँडामा बर्षौ देखि अलपत्र परेको विकासका योजनाहरुलाई पहिलो प्राथामिकतामा राखेर तत्काल पुरा गर्ने प्रतिवद्दता जनाएका छन्  । परिवर्तन खबरका संवाददाता एटमसँग नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा कुरा गर्दै किराँतीले उज्यालो नेपालेडाँडा बनाउनकै निम्ति आफु निर्वाचित भएर आएको हुँ भन्दै सो प्रतिवद्दता जनाएका हुन्  ।

समग्र भोजपुरको विकासमा आफु समर्पित हुने भएता पनि १२ वर्षदेखि बिजुलीको पोल मात्र गाडिएको नेपालेडाँडालाई दिलो ज्यान दिएर भए पनि न्याय गरेरै छाड्ने बचन दिएका छन् । त्यो संगसगै नेपालेडाँडाकै अर्को छिमेकी वडा कुदाककाउलेमा पनि चांडै बत्ति बिस्तार गर्ने उनको योजना रहेको छ ।

सांसद किराँतीले यो आर्थिक वर्षमा भोजपुरमा विधुतको लागि मात्र २० करोड बजेट पार्न सफल भएको हुदा अब भोजपुरका कुनैपनि ठाउँ अध्यारोमा रहन नदिने समेत जनाए । तेसैले यो वर्षसम्ममा नेपालेडाँडा र कुदाककाउलेलाई उज्यालो बनाउन आफुलाई नै दाउमा राखेर जे जस्तो त्याग गर्नु परे पनि आफु तयार रहेको सन्देस नेपालेडाँडामा प्रवाह गर्न आफु आतुर रहेको पनि बताए।

नेपालेडाँडामा केहि तार पुगिसकेको र अन्य तार जिल्लामा रहेको हुँदा त्यो पनि केहि दिनमा लगेर काम अगाडी बढाउने तयारी भैरहेको पनि उनले जनाएका छन् । नेपालेडाँडाका बासिन्दाहरुको धैर्यता देखेर आफु नै चकित परेको बताउदै सांसद किरातीले १२ वर्षसम्म बिजुलीको पोल मात्र गाडेर धैर्यावन नेपालेडाँडालाई अन्याय गरेको समेत बताए।

सांसद किराँतीले भाबुक हुँदै भने, बत्ति बाल्ने आस गर्दागर्दै कति नेपालेडाँडा बासीहरु स्वर्गबास भए कति विदेश पलायन भएर फर्किदासम्म आफ्नो गाउँको त्यै अवस्था देखेर निरास भए। बत्ति बाल्नको निम्ति त्यो बेला श्रमदान गर्ने कति मानिसहरु उज्यालोको अनुभूति गर्न नपाउदै संसार छाडेर बिदा भए अब ति सबैको सपना पुरा गर्ने जिम्मा मेरो हो। निरास भएको नेपालेडाँडालाई आसा जीवित बनाउन नै सुदन आएको हो।

अर्को प्रसंगमा किराँतीले विगत ४/५ वर्ष देखि अलपत्र परेको स्वास्थ्य चौकीको बारेमा पनि आफुले जिल्लासँग कुरा गरेको जनाए। काम गर्छु भनेर ठेग्गा लिने र काम नगरी अलपत्र छाडेर हिड्ने तेस्ता ठेगदारहरुलाई ठिक पार्न आफुलाई राम्रोसँग आउने बताउदै किरांतीले अब उक्त स्वास्थ्य चौकी चाडो सम्पन्न नभए त्यसको एक्सनमा आफु उत्रिने समेत बचन दिए।

प्रतिक्रिया दिनुहोस्