पारवहन प्रोटोकलमा सहमति, नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने



२२ भदौ २०७५, काठमाडौं

तेस्रो मुलुकसगँ व्यापारका लागि नेपालले चीनको सात बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । काठमाडौंमा दुई दिन चलेको छलफलपछि नेपाल–चीन बहुप्रतीक्षित व्यापार तथा पारवहन प्रोटोकलमा सहमति भएको हो ।

नेपालले तेस्रो मुलुकसँग व्यापारका लागि चीनका ४ वटा समुन्द्रिक तथा ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने छ । नेपाल–चीनबीच दुई वर्ष अगाडि भएको पारवहन तथा यातायातको प्रोटोकललाई अन्तिम रुप दिएको हो । नेपालले अब चीनको समुन्द्रिक बन्दरगाहहरु थेन्जिन, सेन्जन, ल्यानयुयान, र झान्जियान तथा सुख्खा बन्दरगाहहरु लान्झोउ, सिगात्से र ल्हासा प्रयोग गर्न पाउने छन् ।

प्रोटोकलले अन्तिम रुप पाएसँगै नेपाल–चीनबीच दुई पर्ष अगाडि भएको व्यापार तथा पारवहन सम्बन्धि भएको मस्यौदा कार्यन्वयनमा आउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्