जहाँ आफ्नो भन्नु नै यी आमाको कालो कुकुर ( भिडियो सहित )



१८ भदौ २०७५, काठामडौं

रामेछाप घर भएकी एक बृद्धा जसको आर्थिक अवस्था निम्न रहेको थियो । उनको परिवारका आर्थिक अवस्था निम्न भएको कारणले नै उनको श्रीमानको २०४४ सालमा स्वार्गवास भएको थियो ।

उनको साथमा एक छोरा थियो तर उक्त छोराले पनि आफ्नो संस्कार बिर्सियो । उत्तराधिकारी आफ्नै छोरा होस् भनेर तीर्थ–व्रत गर्ने हाम्रो संस्कारलाई उनको छोराले उल्टाइदियो र दिनुसम्मको दुःख दियो ।

अन्ततः ति बृद्धाले माइतीको आस गर्नुपयो तर माइतीघर पनि यति बिरानो बन्यो कि उनको घाउमा मलम होइन नुन छर्किदियो । अन्त्यमाः अन्जानमै उनले बाच्ने संघर्षको निम्ती काठमाडौं शहर रोजिन् ।

आखिर आमाको मन न हो काठमाडौं आएपछि पनि छोराको यादले सतायो । एउटै मात्र सन्तान छोराको हालखबर बुझ्न मन लाग्यो । चिनेजानेकाबाट छोराको खोजी गरिन् । काठमाडौंकै असनमा छोरा पनि फेला पर्यो । तर, छोरा अझै छोरा बनेन ।

छोरालाई कर्तब्यबोधसम्म हुन सकेन । जन्मदिने आमा हुन् भन्ने हेक्कासम्म राख्न सकेन । उनी फर्किन आफ्नै संसार वसन्तपुर दरबार स्क्वार । जहाँ आफ्नो भन्नु एउटा कालो कुकुर थियो र सहारा उनै दयालु बटुवा ।

उति खेर उनको दैनिकी यस्तै गरी बितिरहेको छ । दिनभरी माग्नु अनि दिन ढलेसंगै सम्झनाले मन रुझाउँदै त्यहि कालो कुकुरको साहारामा उज्यालो पर्खनु यति खेर उनको दिनचार्य बनको छ ।

प्रतिक्रिया दिनुहोस्