ह्यात होटलको “जालझेल” छानबिन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा



१३ भदौ २०७५, काठमाडौं

देशकै सबैभन्दा ठुलो पाँचतारे होटल ह्यात रिजेन्सीमा “जालझेल” भएर सरकारी सेयर घटेको भन्दै उक्त विषयमा छानबिन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

सरकारी स्वामित्वमा रहेको बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घट्दै गएको छ । सुरुमा सरकारको ३९ प्रतिशत सेयर रहेको उक्त ह्यातको निजी साझेदारले जालझेल गरी अहिले सरकारी हिस्सा ९ प्रतिशतमा झारिदिएको आरोप छ ।

ह्यातको उक्त विषयमाथी छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्