राष्ट्रिय सभाका चार मध्धे तीन विषयगत समितिका सभापति निर्विरोध चयन



१३ भदौ २०७५, काठमाडौं

राष्ट्रिय सभाका चार मध्धे तीन विषयगत समितिका सभापति निर्विरोध चयन भएका छन् । विषयगत समितीमा आज बसेको बैठकले तीन सभापतिहरु निर्विरोध चयन गरेको हो ।

सर्वसम्मत चयन भएका सभापतिहरूमा राष्ट्रिय सरोकार तथा समन्वय समितीमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यावस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी रहेका छन् ।

राष्ट्रिय सभा मातहतमा पर्ने चार मध्धे तीन विषयगत समितिका सभापति निर्विरोध चयन भए पनि दीगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उमेद्वारी नपरेको कारण उक्त पदमा दलिय सहमतिको आधारमा पछि चयन गर्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्