विश्व रेकर्डको यात्रामा अनन्तराम (भिडियो सहित)



१२ भदौ २०७५, काठमाडौं

मान्छेमा रहेको विभिन्न अद्भुत क्षमता प्रस्फुटन गर्दै दिनानु दिन विश्व रेकर्ड राख्नेहरुको होडबाजी चलिरहेको समयमा नेपालका अनन्तराम केसीले पनि सबैभन्दा लामो समयसम्म प्रावचन दिएर विश्व रेकर्ड राख्ने यात्रामा निस्किएका छन् ।

हिजो सोमबार बिहान ६ बजेबाट काठमाडौं जिल्ला स्थित गोकर्णेश्वर नगरपालिका ५ मा रहेको ईष्टपोल स्कुलमा एक कार्यक्रमको आयोजना गर्दै अनन्तरामले आफ्नो प्रवचन सुरु गरेका छन् ।

बिभिन्न शिर्षकमा बोलिरहेका अनन्तरामले अहिलेसम्म करिव ३० घण्टा भन्दा बढी निरन्तर रुपमा बोलिसकेका छन् ।

विश्व रेकर्ड राख्नको निम्ति अनन्तरामले दिएको प्रवचनको एक अंस :

सबैभन्दा लामो समयसम्म प्रावचन दिएर विश्व रेकर्ड बनाएका भारतको केरलालाका केपी बहाल साराजनको नाममा रहेको ८१ घण्टा १६ मिनेटको रेकर्ड तोड्ने योजना अनुसार नुवाकोटका अनन्तरामले हिजोबाट प्रवचन सुरु गरेका हुन् । अनन्तरामले यस अघि पनि निरन्तर रुपमा ८० घण्टासम्म बोलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्