हिपप र र्याप गायन मार्फत युवाहरुको मनमुटुमा बस्दै सुरज लम्साल (भिडियो सहित)



१२ भदौ २०७५, काठमाडौं

काठमाडौं जिल्लामा सागरमणि लम्साल र दुर्गादेवी लम्सालको कोखबाट परिवारका दुई सन्तान मध्ये जेठो सन्तानको रुपमा हिपप तथा र्याप गायक सुरज लम्सालको जन्म भएको थियो । उनका एक भाई छन् । गहुगोरो वर्ण, हसिलो चेहरा, मिलनसार बानी, जिस्किरहन मन पराउने र सबैसँग चाँडै घुलमिल हुने स्वाभाव भएका गायक सुरज भक्तपुरको बालकोटमा बस्छन् ।

हिपप तथा र्याप गायक सुरज लम्सालसँगको रमाईलो अन्तरंग कुराकानीको भिडियो :

करिव १० वर्ष अगाडिबाट नेपाली हिपप तथा र्याप गायक क्षेत्रमा लागेर लगभग १०० भन्दा बढी हिपप तथा र्याप गीत पस्किसकेका छन् गायक सुरजले । उनका हरे रामा हरे कृष्णा , छुट्ने छ साथहरु, मेरो मायालाई जस्ता गीतहरुले सांगीतिक बजार तताइसकेका छन् ।

साधारण नेपाली खाना दाल भात तरकारी खाना रुचाउने उनी म:म:भने पछि हुरुक्कै हुन्छन् । आफु हत्तपत्त नरिसाउने कुनै बेला रिसाए पनि चाँडै नै मन पलाउने बताउँछन् । बच्चादेखि नै गीत संगीतमा झुकाव राख्ने सुरजलाई मनपर्ने नेपाली गायकमा प्रमोद खरेल, सुगम पोखरेल, नबिन के भट्टराई तथा गिरिस पौडेल रहेका छन् । त्यसै गरि माइकल ज्याक्सन, ट्याब्याक, बमाली उनका विश्व आइडलहरु हुन् । अलबर्ट आइस्टाईन भने सुरजको दिलभित्रको एक मात्र अति आदर्श ब्याक्तित्व हुन् ।

पेन्ट, टिसर्ट र ज्याकेटमा सजिदा धेरै गौरवान्वित महशुस गर्ने सुरजलाई हिपप र र्यापरले लगाउने रफ कपडा र तडकभडक खासै मन पर्दैन । कालो र निलो रंग बढी मन पराउने उनी शान्त, सफा तथा एकान्त वातावरणमा आफुलाई हराउन बढी रुचाउछन र त्यसैबाट आफुलाई आनन्द आउने प्रतिक्रिया दिन्छन ।

पोखराको लेकसाइड आफुलाई मनपर्ने ठाउँ भएको बताउने सुरज पोखरा जाँदा लेकसाइडमै बस्ने र त्यहाँको मोहित वातावरणमा रमाउने गर्दछन । गायनमा परिवारको राम्रो सहयोग पाएका सुरजको गीत सुन्दा सुरुमा बुबा आमाले नबुझेर छक्क पर्ने गरेको उनको अनुभब छ ।

प्रतिक्रिया दिनुहोस्