चलचित्र बाँध मायालेको शीर्ष गीत सार्वजनिक (भिडियो सहित)



३० साउन २०७५, काठमाडौँ

पछिल्लो समयमा चर्चामा रहेकी नायिका र पूर्व मिस नेपाल समेत रहेकी सृष्टि श्रेष्ठ र के म तिम्रो होइन र ? चलचित्रबाट नेपाली चलचित्रमा पाईला चालेका नायक आर्यन अधिकारी स्टारर फिल्म बाँध मायाले को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको आवाज सुन्न सकिन्छ ।

चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रामहरि ढकाल र बिभिसिका श्रेष्ठको संयुक्त निर्माण र सबिर श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा सृष्टि र आकाशका साथ राजाराम पौडेल, रबिन्द्र प्रताप सेन र विशाल चाम्लिङ लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । चलचित्र बाँध मायाले असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्