आपत्तिजनक बेडसिन र विवाहबारे मुख खोलिन प्रियंकाले (भिडियो सहित)



३० साउन २०७५, काठमाडौं

महा संचार र हाँस्य कलाकार किरण केसीको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्र ‘दालभात तरकारी’ को औपचारिक घोषणा गरिएको छ । बुधबारको प्रेसमिटमा कलाकार तथा प्राविधिकहरुको परिचय गराईएको थियो ।

आउँदो बैशाख १३ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा एक दर्जन बढी कलाकारको अभिनय रहनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर रहनेछन् ।

प्रेसमिटमा उपस्थित नायिका प्रियंका कार्कीले आफ्नो गोप्य ईन्गेजमेन्ट र बेड सिन बारे प्रियंकाले मुख खोलेकी छिन् । कथा काठमाण्डुमा समेटिएको एक गीतको आपत्तिजनक बेडसिनबारे पत्रकारले प्रश्न गर्दा नायिका कार्कीले भनिन्, ‘सवैको आफ्नो व्यक्तिगत विचार हुन्छ म त्यसको सम्मान गर्छु, आफूमा आत्मविश्वास र रोलमा भर पर्ने भएकोले पक्कै पनि आफूले राम्रो काम गरेजस्तो लाग्छ ।’

नेपाली चलचित्र बृत्तमा नायिका कार्कीको ईन्गेजमेन्ट लगत्तै विवाह हुने कुरा चलरिहेको छ । तर उनले विवाहको लागि निकै तयारी गर्नुपर्ने, आयुष्मान र आफ्नो फिम्मी सेड्युल निकै व्यस्त भएकोले विवाह अर्काे वर्ष मात्र विवाह हुने बताईन् ।

प्रतिक्रिया दिनुहोस्