सार्वजनिक सुरक्षा सम्बन्धी विधेयक सर्वसम्मत पारित



३० साउन २०७५, काठमाडौं

प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक सुरक्षा सम्बन्धी (तेस्रो संशोधन) विधेयक २०७५ लाई पारित गरियोस्, भन्ने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेको थिए । मन्त्री थापाले राज्य व्यावस्था र सुशासन समितिको प्रतिबेदन सहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भाद्र १ गतेका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्