व्यवसायका आधारमा कर निर्धारण गर्न व्यवसायीको माग



३० साउन २०७५, इटहरी

इटहरी उपमहानगरपालिकाले अबैज्ञानिक तवरले बढाएको करका समायोजन गर्न व्यवसायीले माग गरेका छन् । मंगलवार व्यवसायका आधारमा कर तय गर्ने नीति ल्याउन दवाव दिदंै उद्योग बाणिज्य संघ इटहरीले उपमहानगरपालिकालाई ज्ञापन पत्र समेत वुझाएको छ ।

इटहरी नगर कार्यपालिकाले गएको असार ३२ गते पारित गरेको आर्थिक विधयेक २०७५ अनुसार कर संकलन गर्दा व्यवसायीलाई मार परेको बताउँदै आएका छन् ।  उघोग बाणिज्य संघ इटहरीको सुझावका आधारमा नगरले कर वृद्धि गरेको गुनासो आएपछि उद्योग वाणिज्य संघ इटहरीले व्यवसायको आधारमा कर लगाउन माग राख्दै ज्ञापन पत्र वुझाएको हो ।

व्यवसायको प्रकृति नहेरी एकै प्रकारले कर लिदा साना व्यवसायीहरु मारमा परेको र ठुला व्यवसायीलाई सहजता भएको गुनासो आइरहेको समयमा  संघले साना व्यवसायीहरुलाई थोरै र ठुला व्यवसायीहरुलाई व्यवसायका आधारमा धेरै कर निर्धारण गर्न ज्ञापन पत्रमा सुझाव दिईएको छ ।

इटहरी उद्योग बाणीज्य संघका बरिष्ठ उपाध्यक्ष शैलेश बिष्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ ‘इटहरी उपमहानगरपालिकाले पारित गरेको आर्थीक बिधयेक २०७५ मा इटहरी उपमहानगरपालिकामा बसेर व्यवसाय गरी आएका उद्योगी व्यवसायीहरुले तिर्नुपर्ने व्यवसायीक कर लिदाँ व्यवसायको प्रकृती नहेरी वैज्ञानिक तरिकाले बर्गीकरण गरी कर निर्धारण हुनुपर्ने र करको दरमा बृद्धि गर्नु भन्दा करको दायरा बिस्तार गर्नु बैज्ञानिक र ब्यवहारिक हुने उद्योग बाणिज्य संघको सुझाव रहेको जानकारी गराउदछौ ।’

ज्ञापन पत्रमा आर्थिक विधयेकमा एकै किसिमको व्यवसायिक कर लगाइएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै कर निर्धारणलाई पुनरावलोकन गर्न सुझाव दिईएको छ  । उद्योग बाणीज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेश विष्टको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीलाई वुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्