कतारले नेपालमा श्रम कार्यालय खोल्दै, सरकारी स्तरबाटै कामदार लैजाने



३० साउन २०७५, काठमाडौं

कतार सरकारले नेपालमा श्रम कार्यालय खोलेर वार्षिक १ लाख श्रमिक लैजाने भएको छ । यस विषयमा कतारका सरकारी प्रनितिधि, श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयका उच्च अधिकारीहरुबिच छलफल भईरहेको छ । कतारसँग यो भन्दा पहिलै श्रम स्वीकृती भएको भएपनि श्रप सम्झौता पुन परिमार्जन गरि सरकारी स्तरबाट श्रमिक पठाउने पक्षमा नेपाल सरकार रहेको मन्त्रालयले जनाएको छ ।

कतार सरकारले नेपाल सरकारबताट सरकारी स्तरबाट (बायोमेट्रिकल एग्रिमेन्ट) गरेर श्रमिक आपूर्ति गर्न खोजेको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए । साथै नेपालमा कतारले तालिम केन्द्र तथा श्रम कार्यालय खोल्न चासो देखाएको दाहालको भनाई रहेको छ । वार्षिक १ लाख कामदार लैजाने खाका अनुसारको काम भईरहेको पनि उनले बताएका छन् । नेपाली कामदारहरुको सेवा, सुविधाको विषयमा पनि कतारी राजदुत सुसूफ विन मोहम्मद र नेपाल सरकारका श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टबिच निरन्तर छलफल भईरहेको श्रम मन्त्रालयले जनाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीका लागि अहिले पनि वर्षेनी १ लाखभन्दा बढि कामदारहरु त्यँहा पुग्ने गरेका छन् । यसका लागि १२० भन्दा बढि मेनपावरहरु सक्रिय रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्