सर्टिफिकेट विवाद : कहाँ चुक्यौं हामी ?



३० साउन २०७५, काठमाडौं

देशमा नक्कली सर्टिफिकेटधारीहरु अहिले पनि सक्कली ओहोदामा विराजमान होलान नै, केही अगाडी पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली, पूर्व प्रधान सेनापती रुक्माङ्गद कटुवाल, पूर्व अख्तियार अनुसन्धान तथा  दुरुपयोग निवारण आयोग प्रमुख लोकमान सिंह कार्की (राज प्रसाद सेवा र निजामती सेवा विच विवाद), डा. गोविन्द केसी, अहिले विदामा रहेका सर्वाेच्च अदालतका का.मु. न्यायाधीश दिपकराज जोशी र बर्तमान का.मु. ओम प्रकाश मिश्र समेतको प्रमाणपत्रमा त्रुटि तथा विवाद अछुतो रहेन । अझ न्यायिक क्षेत्रमा बढी किर्ते भेटिएकाले सर्टिफिकेट विवाद सतहमा आएको छ । यसबाट आम जनताको न्याय सम्पादन माथि नै प्रश्न उठेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एल वि बस्नेत भन्नुहुन्छ, “व्यक्ति एकपल्ट असफल भएपछी सफलता खोज्ने बाटो रोज्छ, त्यो रोज्ने क्रममा केही व्यक्तिहरुले गैरकानुनी तथा नक्कली बाटो रोज्छ सक्छन् ।” के साँच्चै अब पनि देश यिनै नक्कली प्रमाणपत्रधारीहरुको चंगुलमा फस्ने ? वा व्यक्ति आफ्ना दक्षता वा योग्यताको विषयमा पारदर्शी हुने ? त्यस्ता विवादित व्यक्तिहरुलाई बहिष्कार किन नगर्ने ?

मान्छे जीवित हुनुको प्रमाण, राज्यले प्रदान गरेको कानुनी कागजपत्र नै हो । अर्थात मान्छे जीवित हुनु, उ सँग भएका नागरिकता, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, पासपोर्ट वा अन्य कागजातको सत्यता नै हो । यसरी व्यक्ति कानुनी, नैतिक तथा सामाजिक रुपमा योग्य हुन उ सँग सम्बन्धित योग्यता, मापदण्ड तथा उपलब्धिको प्रमाण स्वरुप प्राप्त प्रमाणपत्र वैधानिक हुन आवश्यक छ । यदि त्यस्ता प्रमाणपत्र असत्य, किर्ते वा अनाधिकृत भेटिए उस्को नैतिक पतन त हुन्छ नै उस्को घोषित योग्यता समेत भ्रममा परिणत भई कानुनी कारवाहीको भागिदार समेत बन्नुपर्छ । तर हाम्रो देशमा कारवाही गर्ने निकाय मौन बस्नुले  अनेकन प्रश्नहरु उब्जाएको छ । मुख्य कुरा जन्ममिती, नाम, वतन, आधारभुत शिक्षा प्राप्त गरेको मिति, स्थान र समय आदिमा एकरुपता हुनुपर्दछ तर आजभोलीको बहसलाई आधार मान्ने हो भने उच्च ओहोदामा बसेर नेतृत्व गरिरहेका व्यक्तिहरुमाथि नै प्रश्न उठेको छ ।

स्नातक तहसम्मको मेरो अनुभवमा मैले मेरा साथीहरुको नाम, थर, जन्ममिती फरक परेर टि.यु केन्द्रिय परिक्षा कार्यलय बल्खु धाउनेहरुको दु:ख को कुरा नगरम । एउटा सामान्य विद्यार्थी सर्टिफिकेटमा सम्बन्धित क्याम्पस वा मातहतका निकायको लापरबाहीले भएको गल्तीले प्रमाणपत्र ,स्नातक वा स्नाकोत्तर तहमा अध्ययन गर्न वञ्चित हुनुपरेको तितो यथार्थ पनि छ । तर राज्यका उपल्ला तहमा पुग्न सफल भएका केही व्यक्तिहरुको सर्टिफिकेट भने नक्कली भेटिनु र एकपछि अर्काे तह तिनै विवादित सर्टिफिकेटको भरमा अध्ययन गर्दै गएको प्रवृत्ति हेर्दा यसले पक्कै शैक्षिक प्रमाणहरुको धज्जी मात्र उडाएको छैन, यो देशमा पैसा तिरे पछि र आफ्नो मान्छे भएपछि जे पनि हुन्छ भन्ने कुरा चरितार्थ बन्न पुगेको छ । नत्र गलत प्रमाणपत्रको भरमा कसरी मान्छेहरु शक्ति र सत्ताको भागिदार बन्छ्न ।

महत्वपूर्ण कुरा हाम्रो विकृत मनोविज्ञानको अप्रत्यक्ष प्रभाव यस्ता किर्ते, ठगी र जालसाजी आदि गतिविधिमा केन्द्रित त भएको होइन ? मिठो खाने, राम्रो लगाउने र छिटै सम्पन्न हुने लालचले मान्छेहरु शक्ति र सत्ताको चरम दुरुपयोगमा लिप्त हुने गर्दछ्न । यस्ले हाम्रो समाज र सभ्यतालाई कहाँ पुर्याउछ ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एल वि बस्नेत भन्नुहुन्छ, “व्यक्ति एकपल्ट असफल भएपछी सफलता खोज्ने बाटो रोज्छ, त्यो रोज्ने क्रममा केही व्यक्तिहरुले गैरकानुनी तथा नक्कली बाटो रोज्छ सक्छन् ।” के साँच्चै अब पनि देश यिनै नक्कली प्रमाणपत्रधारीहरुको चंगुलमा फस्ने ? वा व्यक्ति आफ्ना दक्षता वा योग्यताको विषयमा पारदर्शी हुने ? त्यस्ता विवादित व्यक्तिहरुलाई बहिष्कार किन नगर्ने ?

केही समय अगाडी संसदीय सुनुवाई समितिले दिपकराज जोशी जोशीलाई विगतको कार्यसम्पादन र प्रमाणपत्र विवाद आदिको स्पष्ट जवाफ दिन नसकेको भन्दै  प्रधानन्यायाधीश बन्ने बाटोमा पूर्णविराम लगाईदियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यस विषयमा मौन रह्यो नै अझ संवैधानिक परिषद्को मानहानी हुने भन्दै असहयोगको  तह सम्म पुग्यो । यस्ले विगतमा गल्तीहरु भए, भागबन्डामा यस्ता विषय गौण बने । के अब हामी त्यही गल्तीको पुनरावृत्ति वा सुधार के चाहिरहेका छौँ ? के भोलीको पुस्तालाई हामी प्रमाणपत्रमा हुने गल्ती सामान्य हो भन्ने कुरा सिकाउन खोजिरहेका त छैनौँ ? प्रमुख प्रतिपक्षीले अधिनायकवादको आडमा किन अयोग्यहरुलाई योग्यताको ट्याग झुण्याईरहेको छ ? अव दलका नेता र अगुवाहरुले विगतका गल्तीहरु तोड्न र नजीरहरु भत्काउन लाग्नुपर्छ । यस्ता फर्जी तथा किर्ते प्रमाणपत्रको आडमा विभिन्न ओहदा, नीजी क्षेत्र र सार्वजनिक छविका साथ अस्तित्वमा रहेकाहरुका लागि उचित सवक बन्न सक्छ ।

महत्वपूर्ण कुरा हाम्रो विकृत मनोविज्ञानको अप्रत्यक्ष प्रभाव यस्ता किर्ते, ठगी र जालसाजी आदि गतिविधिमा केन्द्रित त भएको होइन ? मिठो खाने, राम्रो लगाउने र छिटै सम्पन्न हुने लालचले मान्छेहरु शक्ति र सत्ताको चरम दुरुपयोगमा लिप्त हुने गर्दछ्न । यस्ले हाम्रो समाज र सभ्यतालाई कहाँ पुर्याउछ ? हाम्रा आदर्श ,संस्कार र मानक यदि यस्तै हो भने ध्वस्त हुन बेर लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्