बिहेको निहुँमा दलितमाथि आक्रमण



३० साउन २०७५, भोजपुर

अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्।

भोजन सुस्मिताका काका हुन । उनीहरूले ९ वर्षका बालकदेखि ६२ वर्षसम्मका मानिस कुटपिट गरेको आरोप छ । न्याय माग्न सदरमुकाम आएको दलित परिवार न्याय पाइनेमा अझै ढुक्क भने छैनन् । कुटपिटपछि त्रसित उनीहरू गाउँ जाने वातावरण अझै नबनेको बताउँछन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्