अचेत अवस्थामै बिरामी डिस्चार्ज !



३० साउन २०७५, झापा

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ ।

उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो ।

उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो ।

त्यसपछि अचेत अवस्थामै घर लिएर आएको विरामीका भाई उमेश तामाङले बताए ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्