रामकुमारी झाक्रीलाई सिभिल अस्पतालमा दुर्व्यवहार



२९ साउन २०७५, काठमाडौँ

चर्चित नेतृ तथा सांसद रामकुमारी झाक्रीलाई सिभिल अस्पताल, बानेश्वरमा कर्मचारीले दुर्व्यवहार गरेको उनले फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।

उनले फेसबुक स्टाट्समा, ‘सिभिल अस्पताल मिन भवनको एक्स रे को रिपोर्ट दिने ठाउँमा ऐले ४:३० बजे देखि म उभिएकी छु रिपोर्ट लिन,कोही मान्छे थिएन यहाँ। म सहित अरू २/४ जना रिपोर्ट लिने मान्छे छौ। यि बहिनी कताबाट करीव ५:०३ भएको थियो देखा परिन। हिजोको हो,एक्स रे गरेको रिपोर्ट लिनु थियो ।
भन्दै बिल उनितिर तेर्साए मैले तर उनले ५ बज्यो भोली आउनुस भन्दै झर्को फर्को गरीन। म तिर हेर्दा पनि हेरिनन।करीव १५/२० मिनेट उभिए यिनले हामीलाई कुनै मतलब नै गरीनन। भोली बिहान आउने गरी म फर्के । तर सोचें हेर त यो निजामति अस्पताल सेवा दिन पर्ने ठाउँका स्टाफको ब्यवहार?
हर छाउँमा मानौ मान्छेहरू शासक हुन? कहिले कसले कहाँबाट सुधारको आस गर्ने? लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्