३ वर्षयता मात्रै करीब ४ हजार किलो सुन तस्करीः गृहमन्त्री थापा



२९ साउन २०७५, काठमाडौं

नेपालमा ३ वर्षयता मात्रै करीब ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले ३ वर्षयता मात्र करीब ४ हजार किलो सुन तस्करी भएको जानकारी दिएका हुन् । मगंलबार संघीय संसद दिगो विकाश तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सुन तस्करीमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याईने बताएका छन् । साथै नेपालको प्रमुख सुन तस्करी हुने ठाँउ दुहबी भएको अनुसन्धानबाट पत्ता लागेको पनि जानकारी दिए ।

३३ किलो सुन तस्करी छानबीनका लागि गठित समितिले सुन तस्करीमा संलग्न ठुलै माछालाई पनि कानुनको दायरामा ल्याउने बताएका छन् । गृहमन्त्री थापाले संघीयता अनुसार प्रहरीको कामलाई पनि अघि बढाईएको तथा प्रहरीको सरुवा, बढुवा गर्ने कामलाई पनि मापदण्डअनुसार गर्ने कामको सुरुवात आफुले गरेको दावी गरेका छन् ।  विगतको प्रहरीको सरुवा, बढुवामा राजनीति भएको उल्लेख गर्दै अब त्यसो हुन नदिने समेत प्रतिबद्धता ब्यक्त गरे ।

साथै उनले विकाश निर्माण तथा पुर्वाधारको काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कारबाही गर्न थालिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्