विद्यालयको पानी ट्याङ्कीमा विष, १३ विद्यार्थी बिरामी



२९ साउन २०७५, काठमाडौं

लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानीको ट्याङ्कीमा अज्ञात समुहले विष हालेका पानी खाएर १३ जना विद्यार्थीहरु बिरामी भएका छन् ।

ट्याङ्कीमा साईपर मेथिन नामको औषधी हालिएको प्रधानध्यापक खेमराज दुलालले जानकारी दिए । बिरामी विद्यार्थीहरुको नजिकको दुई वटा अस्पतालमा उपचार भईरहेको पनि प्रधानध्यापक दुलालले जानकारी दिए । विहान ११ बजेको समयमा विद्यार्थीले पानी पिउने क्रममा अनौठो गन्ध आएपछि विद्यार्थीले शिक्षकलाई खबर गरेका थिए । खानेपानी ट्याङ्की नजिकै साईपर मेथिन नामक औषधीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भनेर शुक्ष्म अनुसन्धान भईरहेको प्रधानन्यापकको भनाई रहेको छ ।

घटनापछि तत्काल विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयमा कक्षा १–१२ सम्ममा ४११ जना विद्यार्थी अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्