रणवीर दिपिकाले खुलाए विवाह गर्ने मिति



२९ साउन २०७५, काठमाडौँ

बलिउडका निकै क्युट र राम्रो कपलको रुपमा रहेका रणवीर सिंह र दिपिका पादुकोणका प्mयानहरुका लागि एउटा खुसीको खबर आएको छ ।

विगत लामो समयदेखि प्रेममा रहँदै आएका दिपिका र रणवीरको विवाह मिति तय भएको छ । यी दुईले आउँदो नोभेम्बर २० का दिन इटालीमा लगन गाँठो कस्ने भएका छन् । आपूmहरु पे्रम सम्बन्धमा रहँदै आएको भएपनि यी दुईले आप्mनो प्रेम कहिल्यै मिडियाका अगाडि स्वीकारेका थिएनन् तर अब भने यी दुईको प्रेमबारे सबैले थाहा पाईसकेका छन् ।

यस अगाडी अनुष्का र विराटले पनि इटालीमा विवाह गरेका थिए । दिपिका र रणवीरले केही सिमित व्यतिmत्वको उपस्थितिमा विवाह गर्ने र विवाहपछि मुम्बईमा भव्यताका साथ सम्पूर्ण सेलेब्रेटी र मिडियाहरुलाई निम्तो गरी रिसेप्सन पार्टी दिने बताए ।

विवाह मिति तय भएसँगै रणवीर र दिपिकालाई बधाई तथा शुभकामना दिनेको ओइरो लाग्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्