सैफ र करिनाले गरे छोरा तैमुरका लागि बडिगार्ड राख्ने योजना



२९ साउन २०७५, काठमाडौँ

विवाहपछि केही समय बलिउडबाट टाढिएकी नायिका करिना कपुर फेरी चलचित्रमा देखिन थालेकी छिन् । करिना कपुरका एक छोरा छन्, तैमुर । सेलेबे्रटिका बच्चाहरु धेरै नै भाग्यमानी हुन्छन् किनकी जन्मिदै उनीहरु स्टार भैसकेका हुन्छन् ।

करिना कपुरका छोरा पनि बेलाबेलामा मिडियामा देखिरहने बच्चा हुन् । सायद सेलिब्रेटिको छोरा भएर होला उनलाई स्कुल लाने बेलामा उनीसँग सेल्फि खिच्ने मानिसहरुको लामै भिड लागेको हुन्छ । २ बर्ष पनि पुरा नभएका साना तैमुर आफ्ना अगाडि धेरै मानिसहरुको भिडभाड देखेर रुने गर्छन् । आमा बाबु नै कलाकार भएकाले निकै व्यस्त रहन्छन् । त्यसैले पनि करिना र सैफ हरदम तैमुरसँग रहन सकेका छैनन् ।

यसरी यति सानै तैमुरलाई कहीँ बाहिर लिएर हिड्यो कि मिडियाको घुइचो लाग्ने र तैमुर रुने भएकाले सैफ र करिनाले आफ्ना छोरा तैमुरका लागि बडिगार्ड राख्ने योजना बनाएका छन् ।

करिनाका अनुसार अब तैमुर जहाँ जादा पनि आफ्ना बडिगार्डका साथमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्