राजधानीको विभिन्न ठाँउमा बम भेटियो, २ जना प्रक्राउ



२९ साउन २०७५, काठमाडौं

काठमाडौंको विभिन्न ठाँउहरुमा बम भेटिएको छ ।

नेत्र विक्रम चन्दको नेतृत्वले आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेस्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौं महानगरपालिकास्थित जमलमा बम भेटिएको हो । नैकाप र नयाँपाटीमा भेटिएको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बम बोकेर हिडेका २ जनालाई प्रहरीले नियन्त्रनमा लिएको छ । उषाकिरण र तारा सञ्जेललाई नियन्त्रनमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
शान्ति सुरक्षाका लागि प्रहरीलाई गस्ति तथा सादा पोशाकमा परिचालन गरिएको जनाइएको छ ।

यसअघि विहानको समयमा भक्तपुरका विभिन्न ठाँउहरुमा बम भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्