वरुण र अनुष्काको सुई धागा मेड इन इन्डियाको ट्रेलर रिलिज



२८ साउन २०७५, काठमाडौँ

चर्चित बलिउड अभिनेता वरुण धवन र बलिउडकी सुपरहिट नायिका अनुष्का शर्मा अभिनीत चलचित्र सुई धागा : मेड इन इन्डियाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

मनिष शर्माको निर्माण रहेको चलचित्रका निर्देशक सरत कटारिया हुन् । चलचित्र सिलाई बुनाईसँग सम्बन्धित भएकाले चलचित्रका लागि अनुष्का र वरुणलाई सिलाई बुनाई सम्बन्धी तालिम पनि दिइएको थियो । यस चलचित्रमा वरुण र अनुष्का पती पत्निको भूमिकामा देखिँदैछन् भने वरुण र अनुष्काले स्क्रिन सेयर गरेको यो पहिलो चलचित्र हो ।

यो चलचित्र सेप्टेम्बर २८ देखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्