राष्ट्रियसभामा विभिन्न विषयको ४ विधेयक पेश



२८ साउन २०७५, काठमाडौं

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयको ४ वटा विकेयक पेश भएका छन् ।

जसमा मुलकी ऐनसम्बन्धी केहि नेपाल ऐनलाई संसोधन गर्ने विधेयक २०७५, अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धी विधेयक २०७५, वातावरण संरक्षणसम्बन्धी पहिलो विधेयक २०७५ र संकटापन्न जीवजन्तुहरुको अन्तराष्ट्रिय व्यापार नियन्त्रन संसोधन २०७५, हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मुलुकी ऐनसम्बन्धी केहि नेपाल ऐनलाई संसोधन गर्ने विधेयक २०७५ पेश गरेका थिए भने, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी पहिलो विधेयक पेश गरेकी थिईन् ।

साथै वातावरण संरक्षणसम्बन्धी पहिलो संसोधन २०७५, र संकटापन्न जीव तथा वनस्पतीको अन्तराष्ट्रिय व्यापार सम्बन्धी विधेयक २०७५, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्