डिकमान स्मृती पुरस्कारबाट भिम नेम्वाङ सम्मानित



२७ साउन २०७५, झापा

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले संघको १९ औँ स्थापना दिवसको अवसर पारेर डिकमान विरही स्मृती पुरस्कार नेपाल टेलिभिजनका पत्रकार भिम नेम्वाङलाई प्रदान गरेको छ ।

सुष्मा तिखत्री

आइतबार शनिश्चरे बजारको महिला, दलित, जनजाती, आदिवासी सामुदायिक हलमा एक कार्यक्रमका बीच जनही २५,०१९ नगद र ताम्रपत्रसहित सम्मान गरेको हो । सोही अवसरमा उदीयमान पत्रकारिता पुरस्कार समदर्शी संचारका पत्रकार सविना राई र सूर्योदय टेलिभिजनका पत्रकार रिताष्मा मुखियालाई जनही २५०० र प्रशंसापत्र सहित गरिएको थियो ।

कार्यक्रम फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङको सभापतित्व र फोनिजका केन्द्रिय उपाध्यक्ष गर्जुधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो र विशिष्ट अतिथिहरु नगरपालिका उपप्रमुख कमला आचार्य ,फोनिज प्रदेश न. एकका इन्चार्ज दिपिन राई,पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, फोनिजका केन्द्रिय सचिव कमन देवान, क्या.मानबहादुर राई, अक्षयदाता जलकुमार गुरुङले बोलेका थिए भने सम्मानितहरुबाट भिम नेम्वाङले मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति नेम्वाङले आदिवासी जनजातिको हकहित, सुरक्षा बारे चर्चा गर्दै अधिकार सुरक्षकालागि फनिज स्थापित भइसकेको बताए ।त्यसैगरी प्रमुख अतिथि राईले यो दिवस मनाइरहँदा फोनिजमा आवद्ध पत्रकारहरुलाई थप उर्जा प्राप्त हुने बताए ।

कार्यक्रममा डिकमान विरहीको जीवनी पत्रकार रमेश समदर्शीले र भिम नेम्वाङको परिचय गणेशमान मुखियाले गरेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार अमित खम्बूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्