राणाको शोकमा कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने



२७ साउन २०७५, काठमाडौं

नेपाली कांग्रेसको पुर्व केन्द्रीय सदस्य तथा पुर्व सांसद भरतशमशेर राणाको निधनको शोकमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । राणाको निधनप्रति दुख व्यक्त गर्दै साउन २७, २८ र २९ गते पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

गोरखा परिषदको सस्थापक अध्यक्ष समेत रहेका राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०१७ सालको कु पछि राणाले गोरखा परिषदलाई विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए।

राणाको ९१ वर्षको उमेरमा अस्ति साउन २५ गते निधन भएको थियो। साउन २८ गते केन्द्र र जिल्ला कार्यालयहरु बन्द गर्ने तथा भदौ ६ गते केन्द्रीय कार्यालयमा शोक सभा गरिने निर्णय पनि कांग्रेस बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्