युएईबाट क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान



२६ साउन २०७५, युएई

वैदेशिक रोजगारको क्रममा दुबईमा रहेको नेपालीहरुले धादिङ चैनपुर निवासी ७१ वर्षको क्यान्सर पीडित डिल्लिमान श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेका छन ।

अर्कान सेक्युरिटी सोलुसन कम्पनीमा कार्यरत सुपरभाइजर गुणारज फुयाल , बिद्यादेवी भट्टराई र निरु गुरुङको विशेष सक्रियतामा छोटै समयमा ८९४ दिराम नेपाली २६ हजार २ सय ८० रुपैया हिमालय रेमिट मार्फत आर्थिक सहयोग आज क्यान्सर पीडितको आफन्तलाई पठाइएको छ ।

डिल्लीमान श्रेष्ठ दायाँ हातमा क्यान्सरबाट ग्रस्त पीडितलाई राहत होस भन्ने हेतुका साथ दुबईमा रहेका नेपालीहरुले सहयोग सङ्कलन गरी सहयोग प्रदान गरेका हुन ।

वीर अस्पतालमा उपचाररत क्यान्सर पीडित डिल्लिमान श्रेष्ठ अहिले वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन ।

आर्थिक अवस्था कमजोर भएको तथा गम्भीर रोगले ग्रसित पीडितलाई प्रवासमा बस्ने नेपाली दाजुभाइ दिदिबहिनीहरुको मनकारी तथा सहयोगी भावनाले गर्दा पीडितहरुले राहत पाउने गरेका छन ।

पीडित डिल्लीमान श्रेष्ठले आफ्नो गाँस, छाक काटेर सहयोग गर्ने मनकारी दाताहरूलाई धन्यवाद दिदै अन्य दाजुभाइ दिदिबहिनीलाई सक्ने सहयोग गरिदिन हुन अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्