भगवानको हातमाथि टेकेर हिड्ने अनौठो पुल (भिडियो सहित)



भियतनाममा बनाइएको एउटा नयाँ पुलले सबैको ध्यान केन्द्रित गरेको छ । धेरैजसो पर्यटक यो पुलदेखिपछि लोभिने गरेका छन्, कारण यसको आर्किटेक्चर युनिक किसिमको छ ।

यसलाई गोल्डेन ब्रिज तथा काउ भांग भनिन्छ । समुद्री सतहदेखि ३२ सय ८० फिट माथि भियतनामको बा ना पहाडमा रहेको उक्त पुल अनौठो डिजाइनका कारण पर्यटक तान्न थालेको छ । दुई हातले पुललाई थामेजस्तो देखाइएको छ भने स्वर्णरङको लेपन लगाइएको छ । टीए ल्याण्डस्केप आर्किटेक्चरका प्रिन्सिपल डिजाइनर भु भियत अन्हका अनुसार उक्त पुल भगवानको हातको झल्को दिने गरी डिजाइन गरिएको हो ।

गत वर्ष बा ना हिल्स क्षेत्रमा २.७ मिलियन पर्यटकहरु पुगेको भियतनामको नेशनल एडमिनिस्ट्रेसन अफ टुरिजमले जनाएको छ । गत जुनमा सो पुलमा जान सबैका लागि खुल्ला गरिएको थियो । पुलको अनौठो डिजाइनले धेरै पर्यटक यस क्षेत्रमा भित्राउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्