राष्ट्रियसभा विधायन समितिको कार्यविधि पारित, पत्रकारसम्मलाई पनि बैठकमा जान रोक



२५ साउन २०७५, काठमाडौं

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यावस्थापन समितिको कार्यविधि पारित भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो । सचिवालयद्धारा प्रस्तावित कार्यविधि छलफलमा उठेको प्रश्नहरुको जवाफसहित पारित गरिएको हो । साथै पत्रकारलाई बैठकमा जान रोक लगाईने सम्मको कार्यविधि बनेको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए ।

कार्यविधिमा सभापति वा सचिवालयलाई पूर्व जानकारी नगराई बैठकमा अनुपस्थित हुन नपाउने तथा बैठक अवधिभर मोबाईल फोन चलाउन नपाईने लगाएतका कार्यविधि पारित भएको छ । अनुगमन तथा मूल्यांकनको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग छलफल गर्ने व्यावस्था पनि कार्यविधिमै गरिएको छ ।

समितिको अर्को बैठक आईतबार दिउँसो १ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्