अन्जुको तीज गीत सांगीतिक बजारमा भाईरल बन्दै (भिडियो सहित)



२५ साउन २०७५, काठमाडौं

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा एउटा फरक स्वदको तीज गीत “सोह्र श्रृंगार” चर्चा बटुल्दै नेपाली सांगीतिक बजारमा आएको छ। लोक गायिका अन्जु गौतमको स्वर रहेको उक्त गीतमा गीता भट्टराईको शब्द र संगीत रहेको छ।

पुरुष हुन् या महिला यतिबेला तीज गीत गाउन र तीज गीतमा छमछमी नाच्दै रमाउन चाहान्छन्। आफ्नो सबै दु:ख र बेदनाहरु भुलेर संगीहरुसँग कम्मर मर्काउदै तीज मनाउन चाहान्छन् नेपाली नारीहरु। त्यसैगरी नचाउन चाहान्छिन गायिका अन्जु। 

रुद्र श्रेष्ठको संगीत संयोजन रहेको गीतमा डिल्लीरमण गौतम, गंगामाया गौतम, अन्जु गौतम लगायतको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा तुलसी घिमिरेले कोरियोग्राफ र निर्देशन गरेका छन्।

बजारमा विभिन्न किसिमको तीज गीत आइरहेको बेला अन्जुले तीजको मर्म अनुरुप टिपिकल र मन छुने शब्दले भरिपुर्ण गीत पस्किएकी छिन्।

पुर्वाञ्चल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीत गायिका अन्जुले आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेकी छिन्। यतिबेला उक्त गीतले सबैतिर चर्चा बटुल्न सफल बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्