बलत्कारीलाई फाँसीको सजाय माग गर्दै उत्रिए महिला सडकमा



२४ साउन २०७५, काठमाडौं

झापामा बढ्दो बलत्कारको घटनाले आक्रोशित हुँदै बलत्कारीलाई फाँसीको सजाय माग गर्दै महिलाहरु सडकमा उत्रिएका छन् ।

बुधबार विर्तामोडको मुक्तिचौकमा उनीहरुले चर्को नाराबाजी गरेका हुन् ।उनीहरुले बलत्कारीलाई फाँसी दे , महिला हिंसा अन्त्य गर ,न्यायिक निकाय होसियार लगायतका नारा सहितको प्लेकार्ड बोकेर विरोध गरेका थिए ।

 

गत साउन १६ गते अर्जुनधारा २ की ४ वर्षिया बालिका नातामा दाजु पर्ने १५ वर्षका विजय गजमेरबाट बलत्कृत भएपछि महिलाहरु थप आक्रोसित बनेका हुन् ।

शनिश्चरे बजारबाट निस्कीएको जुलुस विर्तामोडको मुक्तिचोक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।र यो चेतावनी मात्र भएकाले मौन रुपमा आन्दोलन गरेको दास्रो आन्दोलन गर्नुपरे शान्तिपूर्ण नरहने बताएका छन् ।

 

सभामा बोल्र्दै सावित्री सुवेढी , देवकला प्रसाई, सरस्वती सिटौलाले बलत्कारीलाई फाँसीको सजाय माग गर्दै स्थानीय सरकार पनि बलत्कारको घटनामा मौन रहेको भन्दै चर्को विरोध गरेका थिए ।

हिंसामा परेका महिलाले खुल्ला रुपमा विरोध गर्न जबसम्म सकिँदैन तबसम्म हिंसा न्यूनीकरण नहुने बताएका छन् ।
झापाली नारी समूहले आयोजना उक्त जुलुसमा विभिन्न संघ संस्थामा आवद्ध महिलाहरु, मानव अधिकारकर्मीहरु , महिला संचारकर्मीहरु र पुरुषहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्