अब कुनै व्यक्तिले पासपोर्ट नियन्त्रणमा राखेमा ३ वर्षसम्मको कैद सजाय हुने



२४ साउन २०७५, काठमाडौं

सरकारले पासपोर्ट सम्बन्धि नयाँ विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। दर्ता गरेको विधेयकमा कुनै व्यक्तिले पासपोर्ट नियन्त्रणमा राखेमा ३ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको पासपोर्ट एजेन्ट तथा मेनपावार कम्पनीले लामो समयसम्म नियन्त्रणमा राखेर दु:ख दिने तथा श्रम शोषण समेत गर्ने गरेको हुँदा उक्त विधेयक दर्ता गराएको हो।

अब कसैले पासपोर्ट नियन्त्रणमा राखेमा दुई लाख देखि पाँच लाखसम्म जरीवाना र एक वर्षदेखि तिन वर्षसम्म कैद अथवा दुवै सजाय गर्न सक्ने प्रावधान सरकारले ल्याएको नयाँ विधेयकमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्