हेटौडास्थित सिनेमा हलमा आगलागी, ३ घण्टापछि आगो नियन्त्रणमा (भिडियो सहित)



२३ साउन २०७५, काठमाडौं

बुधबार बिहान करिव १० बजे मकवान जिल्लाको हेटौडास्थित ओम्याक्स सिनेमा हलमा लागेको आगो झन्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार यतिखेर आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।

उक्त आगो नियन्त्रणमा ल्याउन हेटौडा उपमहानगरपालिका, आयल निगम आलेखागंजका दुई दमकल सहित सुरक्षाकर्मी र स्थानीयले लगातार प्रयास गरेका थिए। आगलागीले हलका कुर्सी, पर्दा सहितका सामानहरु जलेर नस्ट भएका छन्।

हलमा दर्शक नभएकाले कुनै किसिमका मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण नआइसकेको प्रहरीले जनाएको छ। विधुत सर्त भएर आगालागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्