विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ



२३ साउन २०७५, काठमाडौं

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउसो राजधानीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाण्डले गत वर्ष सम्पन्न भएको स्थानिय, प्रदेश र केन्द्रीय चुनावमा विभिन्न स्थानमा हिंसा भद्काएको र चन्दा असुली गरेको उजुरीको आधारमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तत्कालिन माओवादी पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका प्रकाण्ड पूर्वमन्त्री समेत हुन्। उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्