आफ्नो माग जस्ताको त्यस्तै अनुमोदन नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी



२२ साउन २०७५, काठमाडौं

चिकित्सा शिक्षा सुधारको विषयलाई लिएर १५ औं पटक २७ दिने लामो आमरण अनशनमा बसेका डा. गोविन्द केसीले आफुले सरकारसगँ गरेको सम्झौतामा फेरबदल भएमा फेरि पनि अनशन बस्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि १५ औं पटक अनशन बसेका डा. केसीले मंगलबार त्रि. वी. शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुङ्ग्याउने क्रममा सरकारले आफुसँग गरेका ९ बुँदे सम्झौताको अनुमोदन हुन्छ भन्नेमा आफु विश्वस्त भएको र नभएमा फेरि पनि अनशन बस्ने चेतावनी दिएका हुन् ।

६ दिन लामो आईसियुको बसाईपछि १३ दिनमा अस्पतालबाट डिस्चार्ज हुँदै १३ दिनसम्मपनि सरकारले ठोस कदम नचालेको भन्दै अब सरकारले आफुसँग गरेका सम्झौताहरुको छिटो अनुमोदन हुनुपर्ने माग राखेका छन् ।

आफुले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, विपन्न नागरिकहरुको अधिकार तथा गुणस्तरिय स्वास्थ्य सेवा पाउने अधिकारका लागि संघर्ष गरेको पनि स्मरण गराए ।

साथै उनले सरकारसँग भएका बुँदाहरु संशोधन गर्न नपाईने समेत स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्