सडकको नाम प्रचण्डपथ भनी नामाकरण



२१ साउन २०७५, काठमाडौं

कलैया उपमहानगरपालिका २३ अन्तर्गतको मोतिसर चोकदेखि बैराटपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र मावीसम्मको पथको नाम प्रचण्डपथ भनि नामाकरण गरिएको छ ।

उक्त सडक कालोपत्रेको शिलान्यास गर्नका लागि आईतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पुगेका थिए ।

करिब ९ किलोमिटर लामो यो सडक कालेपत्रे गर्न ४८ करोठ, ९३ लाख, ३८ हजार रुपैंया लाग्ने भएको छ ।

शहरी विकाश मन्त्रालयको सहयोगमा यो सडक कालोपत्रे हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्