दरबारिया खानदानको झल्को दिने “हुकुम बक्सियोस्” गीत चर्चा बटुल्दै (भिडियो सहित)



२० साउन २०७५, काठमाडौं

नेपाली फिल्म “सुश्री सम्पत्ति” को “हुकुम बक्सियोस्” बोलको गीतले यतिबेला धेरै चर्चा कमाइरहेको छ। मेलिना राई र विशाल राइको स्वारमा रहेको उक्त गीतमा लेखन र संगीत सुरेश अधिकारीको रहेको छ भने राजन इशानको संगीत संयोजन रहेको छ।

सलोन बस्नेत, सारा श्रीपाली र विनोद न्यौपानेको अभिनय रहेको गीतमा शिबराम श्रेष्ठले कोरियोग्रफ गरेका छन् । दरबारी भारदारी र राज खानदानको झल्को दिने गीतमा शब्द समेत त्यस्तै प्रयोग गरिएको छ। गीतलाई गम्भीर बिष्टले निर्देशन गरेका छन्।

करिव ८ लाख भन्दा धेरैले हेरिसकेको यो भिडियो यतिबेला सबैको रोजाई बन्न पुगेको छ। प्रेमिल अनुभूति दिलाउने उक्त गीत र भिडियो यतिबेला दिन प्रतिदिन चर्चा बटुल्न सफल बनिरहेको छ।

हेरौं उक्त गीतको भिडियो यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्